‘सबै विक्षिप्त अवस्थामा छन्’ : बाढीपछि प्रभावितको स्वास्थ्यमा देखियो अर्को ठूलो संकट
kalakarmi.com · Mon Sep 21 07:45:08 GMT 2026

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) की सचिव तथा ग्लोबल हेल्थ कमिटीकी सहअध्यक्ष प्रसुना कँडेलले बाढी तथा विपद्पछि नुवाकोट, रसुवा र धादिङका प्रभावित क्षेत्रमा शारीरिकसँगै मानसिक स्वास्थ्य समस्या समेत बढेको बताएकी छन् ।
मेडिकल टिमसहित प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य सेवा प्रदान गरेकी कँडेलले विपद्पछि प्रभावित नागरिकमा एक्युट स्ट्रेस, निद्रा नलाग्ने, छालासम्बन्धी, श्वासप्रश्वासमा समस्या, झाडापखाला, सिजनल फ्लु तथा दीर्घरोग थप जटिल बनेको पाइएको बताइन् । एनआरएनएको मेडिकल टिमको नेतृत्व गर्दै नुवाकोट पुगेकी कँडेलले डाक्टर, नर्स तथा साइकोसोसियल काउन्सिलरसहितको टोली लिएर प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)