मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

काठमाडौँमा फेरि सुरु हुँदै यामाहा ब्लू फेस्ट, यसपटक द बिगेस्ट एक्सचेन्ज मेला

ajakoartha.com · Mon Sep 21 07:47:00 GMT 2026

काठमाडौं– यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले बहुप्रतीक्षित वार्षिक कार्यक्रम “यामाहा ब्लू फेस्ट” फेरि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ। यहि असोज ५ देखि १० गतेसम्म सञ्चालन हुने यस वर्षको ब्लू फेस्टलाई “द बिगेस्ट एक्सचेन्ज मेला” का रूपमा प्रस्तुत गरिएको छ। मेलाले ग्राहकलाई यामाहाका नयाँ पुस्ताका हाइटेक दुईपांग्रे सवारीसाधनमा सहज रूपमा एक्सचेन्ज, अपग्रेड र फाइनान्सिङ गर्ने अवसर प्रदान गर्नेछ।

सम्पूर्ण दुईपांग्रे अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना हुने ब्लू फेस्टमा मोटरसाइकलप्रेमी, परिवार तथा सम्भावित ग्राहकले यामाहाका अपग्रेड गरिएका स्कुटर तथा मोटरसाइकलहरूको रेन्जलाई नजिकबाट अवलोकन गर्न सक्नेछन्। मेलामा “चंगा चेट” अभियान पनि सार्वजनिक गरिनेछ, जसले देशभरका राइडरलाई आफ्ना पुराना सवारीसाधन एक्सचेन्ज गरी नयाँ यामाहा खरिद गर्न प्रोत्साहित गर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)