खरानीबाट फेरि उठ्यो टंगाल भाटभटेनी, एक वर्षपछि नयाँ स्वरूपमा पुनः सञ्चालन
aarthiknews.com

काठमाडौं। गत वर्ष भदौ २४ गतेको आन्दोलनका क्रममा आगजनीबाट गम्भीर रूपमा क्षतिग्रस्त बनेको भाटभटेनी सुपरमार्केटको टंगाल शाखा एक वर्षपछि पुनः सञ्चालनमा आएको छ। व्यापक मर्मत, पुनर्निर्माण र आधुनिक सुविधासहित तयार पारिएको स्टोर सोमबार बिहान १० बजेदेखि ग्राहकका लागि औपचारिक रूपमा खुला गरिएको हो।
पुनः सञ्चालनमा आएको टंगाल शाखाको उद्घाटन भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले गरेका हुन्। उद्घाटन समारोहमा उद्योगी–व्यवसायी, बैंकिङ क्षेत्रका उच्च अधिकारी, सेयर बजारका लगानीकर्ता तथा नियमित ग्राहकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)