मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा विश्वकप छनोट : आज यमनको सामना गर्दै नेपाल

annapurnapost.com · Tue Nov 21 01:05:42 GMT 2023

काठमाडौं : सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनको सामना गर्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुने खेलका लागि नेपाल तयार रहेको मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बताए। ‘हामीले तयारी राम्रो गरेका छौं। पछिल्लो खेलमा धेरै गल्तीहरू भए। त्यो गल्तीलाई सच्याउँदै यमनसँग स्पष्ट अंक लिने अभियानमा छौं’, प्रशिक्षक एनेसले भने, ‘हाम्रा खेलाडी फिट छन्। त्यसैले उच्च स्तरको प्रर्दशन गर्नेमा ढुक्क छौं।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)