बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको विशेष राहत र सञ्चार सुविधा
ratopati.com · Mon Sep 21 08:03:19 GMT 2026

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी तथा त्रिशूली नदीको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकलाई लक्षित गरी निःशुल्क इन्टरनेट, सिमकार्ड तथा विभिन्न सञ्चार राहत सुविधा उपलब्ध गराएको छ।
कम्पनीका अनुसार रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँलगायत प्रभावित क्षेत्रमा बाढीले क्षति पुर्याएका एनटी फाइबरका केबल तथा राउटर निःशुल्क उपलब्ध गराई पुनः जडान गरिने भएको छ। साथै, समयसिमा सकिएका ग्राहकका लागि तीन महिना निःशुल्क म्याद थप गरिएको छ। प्रभावित क्षेत्रका बासिन्दालाई हराएको सिमकार्ड पुनः निःशुल्क वितरण गर्ने र उद्धारका क्रममा सम्पर्क स्थापना गर्न नेपाली सेनाको समन्वयमा २१० वटा थान सिमकार्ड उपलब्ध गराइएको टेलिकमले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)