बाढीले क्षतिग्रस्त भएको ठाउँमा सरकारले फेरि स्थायी सडक नबनाउने
annapurnapost.com · Mon Sep 21 07:58:55 GMT 2026

काठमाडौं : पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विपद्पछिको सडक सञ्जाल पुनःस्थापनाका लागि तीव्र रुपमा काम भइरहेको बताएका छन्। सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री लम्सालले विपद्पछिको सडक सञ्जाल पुनःस्थापनाका लागि आपतकालीन टेन्डर, बजेट व्यवस्थापन तथा दीर्घकालीन पुनर्निर्माण रणनीतिबारे जानकारी गराएका हुन्।
उनले कृष्णभीर जस्ता ठाउँमा सामान्य देखिए पनि तलको भाग कटान भएर निकै जटिल पहिरो गएको बताए । प्रधानमन्त्री कार्यालयले असोज ७ गतेसम्म पुनर्निर्माण लागतको विवरण माग गरेकोमा समयअगावै काम सम्पन्न गरी विपद् प्राधिकरणमा विवरण पठाइसकिएको उनले जानकारी दिए । मन्त्री लम्सालले सडक, २ वटा वैकल्पिक मार्ग, देशभरका पहिरो र भविष्यका लागि आवश्यक उपकरण व्यवस्थापनसहित ९० अर्ब रुपैयाँको माग गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)