पर्सामा लागुऔषध गाँजासहित तीन जना नियन्त्रणमा
nepalnews.com · Mon Sep 21 08:09:05 GMT 2026

पर्सा। प्रहरीले लागुऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ। लागुऔषध गाँजा ओसारपसार कार्य भइरहेको भन्ने विशेष सूचनाको आधारमा आज जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलीले गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
पर्सा पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलस्थित गाँजा ओसारपसार गरिरहेको अवस्थामा भाग्दै गर्दा प्रहरीले दुई राउण्ड हवाई फायर गरी ३० केजी गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)