रिद्धिसिद्धी यातायातको बसमा आगलागी
gorkhapatraonline.com · Mon Sep 21 08:06:51 GMT 2026

काठमाडौँको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले रिद्धिसिद्धी यातायातको बसमा चालकले आफैँ आगो लगाएको जानकारी दिनुभयो।
आगोमा परेर घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा पठाइएको एसएसपी घिमिरेले बताउनुभयो । के–कति कारणले आगो लगाउन खोजिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगोलागी भएको बस र चालकको विवरण भने खुलेको छैन। रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)