बसमा आगलागी : ढोका फोडेर निकालिएको थियो घाइते चालकलाई
baahrakhari.com · Mon Sep 21 08:16:01 GMT 2026

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालक घाइते भएका छन् । कीर्तिपुर बर्न अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सोमबार (असोज ५) मध्याह्न राहदानी विभागअगाडि बस स्टपमा रिद्धिसिद्धि यातायातको बा५ख ४२७६ नम्बरको गाडीमा आगो लागेको हो । बसका चालक २५ वर्षीय दावा लामाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)