जेन्जी आन्दोलनका घाइतेलाई सरकारले न्याय दिन सकेन : सांसद पाठक
ratopati.com · Mon Sep 21 08:17:25 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले जेन्जी आन्दोलनका क्रममा घाइते भएका युवाहरूको उपचार र क्षतिपूर्तिको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै पाठकले आन्दोलनमा घाइते भएका युवाहरूले न्याय नपाएको भन्दै आपत्ति जनाएका हुन् ।
सांसद पाठकले झापामा ६ दिनदेखि अनशनरत आन्दोलनकारीहरूको अवस्था गम्भीर रहेको बताउँदै उनीहरूको मागप्रति सरकार उदासीन भएको आरोप लगाए । परिचय पत्रको व्यवस्था, निःशुल्क शिक्षा र दीर्घकालीन व्यवस्थापनको माग राख्दै आमरण अनशनमा बसेका युवाहरूको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)