इटालीमा विद्यालयमा बुर्का–नकाब प्रतिबन्ध र विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने प्रस्ताव
ratopati.com · Mon Sep 21 08:19:56 GMT 2026

रोम । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले विद्यालयमा बुर्का र नकाबजस्ता अनुहार ढाक्ने पोसाकमा प्रतिबन्ध लगाउने तथा प्रत्येक कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने कानुनी व्यवस्था ल्याउने घोषणा गरेकी छन् ।
आइतबार रोममा ब्रदर्स अफ इटालीको युवा कार्यक्रम फेनिक्समा बोल्दै प्रधानमन्त्री मेलोनीले प्रस्तावित व्यवस्था छिट्टै मन्त्रिपरिषद्मा पेस गरिने जानकारी दिइन् । एकीकरणमा कठिनाइ देखिएका विदेशी विद्यार्थीका अभिभावकलाई इटालियन भाषा सिक्नुपर्ने व्यवस्था पनि प्रस्तावित कानूनमा समेटिने उनले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)