प्रधानमन्त्रीलाई कांग्रेसकाे सुझाव- देश तपाईँको साथमा छ, भोटेकोशी विपद्को विषय अन्तर्राष्ट्रियकरण गर्नुस्
nepalpress.com · Mon Sep 21 08:15:29 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन शाहलाई भेटेका छन्। उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबार पुगेर प्रधानमन्त्री शाहलाई भेटेका हुन्।
संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा भोटेकोशी विपद्सहित जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको सङ्कटलाई अन्तर्राष्ट्रियकरण गर्न आग्रह गरेको उपसभापति शर्माले बताए। संयुक्त राष्ट्रसंघमा नेपालको प्रधानमन्त्री सहभागी हुँदा प्रधानमन्त्रीको साथमा सिङ्गो देश रहेको सन्देश दिन कांग्रेसले भेटेर आफ्ना धारणा प्रस्तुत गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)