संसद्को क्यान्टिन महँगो भयो, सांसदले ५ तारे होटलको मूल्य तिर्न सक्छन् ?
ratopati.com · Mon Sep 21 08:27:01 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले संसद् सचिवालयभित्र सञ्चालित क्यान्टिनको चर्को मूल्य सूचीप्रति प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा शून्य समयमा सिंहदरबारभित्रै रहेको क्यान्टिनमा पाँचतारे होटल सरहको मूल्य निर्धारण गरिएको भन्दै उनले संसद् सचिवालय र सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद सुनारले क्यान्टिनको मूल्यले आम सांसद र कर्मचारीको पकेटमाथि प्रहार गरेको बताए । उनले भने, ‘बाहिर बरन्डामा राखिएको फाइ स्टार सुविधासहितको क्यान्टिन कसले र किन ल्याएको हो ? कालो चियाको १०० रुपैयाँ र ममको ३०० रुपैयाँ तिर्ने हैसियत अहिलेका सांसदहरूको छ कि छैन ?’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)