पुनर्निर्माणका लागि तीनै तहका सरकारबिच समन्वय गर्न संसदीय समितिको निर्देशन
ratopati.com · Mon Sep 21 08:38:44 GMT 2026

काठमाडौँ । संसदीय समितिले बाढी र पहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय गर्न र अविलम्ब कार्ययोजना तयार पार्न मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा सोमबार बसेको पूर्वाधार विकास समितिको बैठकले उक्त निर्देशन दिएको हो।
बैठकका निर्णय सुनाउँदै पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले विपद्बाट क्षतिग्रस्त पूर्वाधारहरूको विवरण सङ्कलन गरी पुनर्स्थापनाको कामलाई तीव्रता दिने निर्णय भएको बताए। पछिल्ला दिनमा बेलीब्रिज निर्माण र केही सडक पूर्वाधारमा देखिएको द्रुत कार्यसम्पादनको प्रशंसा गर्दै उनले सोही शैलीलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)