त्रिपुरेश्वर बसमा आगलागी : चालकको ९० प्रतिशत शरीरको भाग जल्याे
reportersnepal.com · Mon Sep 21 08:38:17 GMT 2026

काठमाडौं । त्रिपुरेश्वरमा बस आगलागीमा परी घाइते भएका चालको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्। कीर्तिपुर अस्पताल (बर्न अस्पताल)का वरिष्ठ प्लाष्टिक सर्जन डा.शंकरमान राईका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको छ।
सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बसमा भीषण आगलागी भएको थियो। आगलागी भएको बस नम्बर बा ५ ख ४२७४ हो । बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)