सेबोनको नयाँ निर्देशिका हुबहु पास भए जलविद्युत आयोजना निर्माण नै ठप्प हुन्छ — अध्यक्ष डाँगी
arthasansar.com · Mon Sep 21 08:16:14 GMT 2026

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहन कुमार डाँगीले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ल्याएको ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका’को हुबहु पास भएको अवस्थामा जलविद्युत आयोजना निर्माण नहुने बताएका छन् । अर्थसंसारसँगको कुराकानीका क्रममा अध्यक्ष डाँगीले यो निर्देशिका पारित भए पछि आईपीओ जारी गर्न नसकिने र सरकारले लिएको उत्पादनको लक्ष्यमा नै असर पर्ने उनले बताएका हुन् ।
नेप्सेको नियमावलीमा भएको व्यवस्था अनुसार नै जलविद्युत कम्पनीहरुले आईपीओ निकालेकाले अहिलेको अवस्थामा विजुली उत्पादन पछि आईपीओ निकाल्ने कुरा गलत भएको उनको भनाइ छ । ‘जलविद्युत कम्पनीलाई निर्माणको समयमा नै पैसा आवश्यक पर्छ । विजुली उत्पादन पछि पैसा आवश्यक पर्दैन । त्यो अवस्थामा आयोजनाले आईपीओमा जादिन भन्न पनि पाउनु परो,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)