इटालीका विद्यालयमा बुर्का र नकाब प्रतिबन्धको तयारी
khabarhub.com · Mon Sep 21 08:44:09 GMT 2026

एजेन्सी – इटालीले विद्यालयमा बुर्का, नकाबलगायत अनुहार ढाक्ने पोसाकमा प्रतिबन्ध लगाउने तथा कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने कानुनी व्यवस्था ल्याउने तयारी गरेको छ।
प्रधानमन्त्री जर्जिया मेलोनीले आइतबार रोममा आयोजित ‘फेनिक्स’ नामक युवा कार्यक्रममा बोल्दै प्रस्तावित कानुनी व्यवस्था छिट्टै मन्त्रिपरिषद्मा पेस गरिने बताए। प्रस्तावित व्यवस्थामा एकीकरणमा कठिनाइ देखिएका विदेशी विद्यार्थीका अभिभावकले इटालियन भाषा सिक्नुपर्ने प्रावधानसमेत राखिने उनले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)