ट्राफिकसँगको विवादपछि चालकले नै बसमा आगो लगाए
rajdhanidaily.com · Mon Sep 21 08:45:18 GMT 2026

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गुडिरहेकाे सार्वजनिक बसमा आगलागी भएको छ । सोमबार दिउँसो सवा १२ बजेतिर रिद्धिसिद्धि बसमा आगो लागेको हो ।
ट्राफिक प्रहरीसँगको विवादपछि बसका चालकले बसमै आगो लगाएका हुन्। उनी आगो लागेर घाइते भएका छन्। उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलीप घिमिरेले बताए। बस त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै थियो। खाली रहेको बस बन्द गरी भित्र बसेर चालकले आगो लगाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)