सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट
nepaltvonline.com · Mon Sep 21 08:45:56 GMT 2026

काठमाडौं -सम्माननीय सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तवले विदाई भेट गर्नुभएको छ ।
भेटका क्रममा सभामुख अर्यालले नेपालका लागि भारतीय राजदूतका रूपमा सफलतापूर्वक कार्यकाल सम्पन्न गर्नुभएकोमा महामहिम श्रीवास्तवलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)