प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेटवार्ता, के भयो कुराकानी ?
sutranews.com · Mon Sep 21 08:41:29 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जानुपूर्व प्रधानमन्त्री बालेनले प्रधानसेनापति सिग्देलसँग भेट गरेका हुन् । प्रधानमन्त्री बालेनले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । सोहीकारण हालै चीनको औपचारिक भ्रमण सकेर फर्किएका प्रधानसेनापति सिग्देलले आफ्नो भ्रमणबारे रक्षा मन्त्रालयका जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेनलाई ब्रिफिङ गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)