टंगालको भाटभटेनी सुपरस्टोर आजदेखि पुन: सञ्चालन
rajdhanidaily.com · Mon Sep 21 08:55:42 GMT 2026

काठमाडौं । गत वर्ष भदौमा जेनजी आन्दोलनका क्रममा आगजनी गरी ध्वस्त बनाइएको टंगालस्थित भाटभटेनी सुपरस्टोर सोमबारदेखि पुन: सञ्चालनमा आएको छ । भाटभटेनीले सोमबारदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गरेको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए।
भाटभटेनीले आगजनीले पूर्णरुपमा जलेको कोटेश्वरस्थित स्टोर पाँच महिनामा नै सञ्चालनमा ल्याएको थियो। क्रमिक रूपमा विस्तारै जलेका भवन ठड्याउँदै एकपछि अर्को गरी अहिलेसम्म आगजनीले ध्वस्त भएका १२ मध्ये १० वटा स्टोर पुन: सञ्चालनमा ल्याइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)