‘टनेल २६’ प्रमोसनका लागी भुटान टोली नेपाल आइपुगे
kalakarmi.com · Mon Sep 21 08:57:35 GMT 2026

काठमाडौं- असोज २३ गते नेपाल प्रदर्शनलाई लक्षित गर्दै फिल्मको प्रचारप्रसारका लागि ‘टनेल-२६’ का भुटानी टोली नेपाल आइपुगेका छन्।
१६ जनाको टोली सोमवार बिहान नेपाल आइपुगेको हो। उनीहरुका अलावा थप ५ जना पनि नेपाल आउने बताइएको छ । ‘टनेल-२६ : द कर्स बिनिथ द माउन्टेन’ नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी हरर फिल्म हो। यसअघि टिजर सार्वजनिक भइसकेको यस फिल्मको मंगलवार एक कार्यक्रमबीच ट्रेलर रिलिज हुँदैछ। सोही कार्यक्रममा सहभागी हुन भुटानी निर्माण पक्ष, प्राविधिक र कलाकारको टोली नेपाल आइपुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)