बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणमा सबैसँग सहकार्य भइरहेको छ : मन्त्री तिमिल्सिना
nepalnews.com · Mon Sep 21 08:59:39 GMT 2026

काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकार विभिन्न निकायसँग समन्वय र सहकार्य गरेर अघि बढिरहेको बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिमण्डलले आज मन्त्रालयमा गरेको भेटवार्ताका क्रममा उनले बाढी प्रभावितको पुनःस्थापना र पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए। मन्त्री तिमिल्सिनाले बाढी प्रभावितका समस्या र वास्तविक आवश्यकता पहिचान गरी सोहीअनुसार राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यक्रम अघि बढाइएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)