महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक
ratopati.com · Mon Sep 21 09:00:24 GMT 2026

काठमाडाैँ । विश्व महामारी रोकथाम, पूर्वतयारी र प्रतिकार्यका लागि अझै पर्याप्त रूपमा तयार नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहअघि उहाँले महामारीसम्बन्धी प्रतिबद्धतालाई व्यवहारमा उतार्न विश्व नेताहरूलाई आग्रह गरे ।
सामाजिक सञ्जाल एक्समार्फत सोमबार सन्देश दिँदै उनले महामारी रोकथाम, पूर्वतयारी र प्रतिकार्यका लागि प्रतिबद्धता नवीकरण गर्नुपर्ने बताए । “राजनीतिक घोषणा स्पष्ट छ—विश्व अपर्याप्त रूपमा तयार छ”, उनले भने । महामारी सम्झौताअन्तर्गत रोगजनकमा पहुँच तथा त्यसबाट प्राप्त लाभ बाँडफाँटसम्बन्धी अनुसूची पूरा गर्नुपर्नेमा पनि उनले जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)