जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न स्वास्थ्य मन्त्रालयद्वारा ३० दिने तालिम सञ्चालन हुँदै
clickmandu.com · Mon Sep 21 09:02:54 GMT 2026

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार पार्ने उद्देश्यका साथ ३० कार्यदिनको विशेष तालिम सञ्चालन गर्ने भएको छ । जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्न तालिम केन्द्रले पाठ्यक्रम तथा सामग्री विकास गरिसकेको छ ।
मन्त्रालयको गत साउन ६ गतेको निर्णयअनुसार जलन उपचार कक्ष स्थापना भएका अस्पतालमा कार्यरत शल्य चिकित्सक, सामान्य चिकित्सा विशेषज्ञ, शल्यकक्ष र सघन उपचार कक्षका नर्स तथा आकस्मिक सेवाका स्वास्थ्यकर्मीलाई यस तालिममा सहभागी गराइनेछ । यसबाट सम्बन्धित अस्पतालहरूमै जलन उपचार कक्ष तथा वार्डको स्थापना, विस्तार र सुदृढीकरण गरी विशिष्टीकृत सेवा प्रवाह गर्न सक्षम जनशक्ति तयार हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)