प्रधानमन्त्री पूर्ण तथ्यका साथ अन्तर्राष्ट्रिय मञ्चमा उभिनुपर्छ : विश्वप्रकाश शर्मा
baahrakhari.com · Mon Sep 21 09:03:11 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुँदा पूर्ण तथ्य र मानवीय भावनासहित उभिनुपर्ने बताएका छन् । प्रधानमन्त्री शाहको आसन्न विदेश भ्रमणका सन्दर्भमा सोमबार ध्यानाकर्षण गराउन सिंहदरबार पुगेका शर्माले प्रधानमन्त्रीले नेपालको वास्तविक अवस्था र तथ्यलाई विश्वमञ्चमा स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने बताएका हुन् ।
उनले प्रधानमन्त्रीले सम्पूर्ण नेपालीको ऐक्यबद्धतालाई समेत प्रतिनिधित्व गर्नुपर्ने बताए । “प्रधानमन्त्री जाँदा पूर्ण तथ्य र मानवीय भावनाका साथ सम्पूर्ण नेपालीको ऐक्यबद्धताका साथ उभिनुपर्छ,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)