मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंसहित १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नपठाउन स्वास्थ्य मन्त्रालयको अपिल

nayapatrikadaily.com · Fri Apr 16 00:21:00 GMT 2021

सरकारले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले भने संक्रमण बढेका १४ जिल्लामा बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरेको छ । मन्त्रालयले बिहीबार अपिल जारी गर्दै यस्तो आग्रह गरेको हो । सरकारले कुनै औपचारिक निर्णय नगर्ने तथा स्वास्थ्य मन्त्रालयले विद्यालय नजान आग्रह गर्दा विद्यार्थी र अभिभावक भने अन्योलमा परेका छन् ।

जोखिमको आकलन गरेर नै विद्यालय बन्द गर्न सिफारिस गरिएको, तर त्यसको सुुनुवाइ नभएपछि यस्तो अपिल गरिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । कोभिड– १९ को संक्रमण देशभरि बढेपछि मन्त्रालयले गत २५ चैतमा नै कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)मा तीन हप्ता शैक्षिक संस्था बन्द गर्न सिफारिस गरेको थियो । तर, मन्त्रालयले गरेको शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव सिसिएमसी र मन्त्रिपरिषद्ले अस्वीकार गरेको छ । गत सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि यसबारे छलफल भए पनि तत्काल विद्यालय बन्द नगर्ने निर्णय भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)