विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै !
corporatenepal.com · Mon Sep 21 09:10:59 GMT 2026

न्युयोर्क । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विश्व अर्थतन्त्रले विभिन्न चुनौतीका बीच अपेक्षाभन्दा बढी लचिलोपन प्रदर्शन गरिरहेको भए पनि आगामी दिनमा केही महत्वपूर्ण जोखिमहरू कायमै रहने बताएकी छिन् ।
अमेरिकाको न्युयोर्कमा आयोजित कतार इकोनोमिक फोरमको विशेष कार्यक्रममा बोल्दै जर्जिएभाले उच्च मुद्रास्फीति, बढ्दो ऋण सेवा लागत तथा कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा भइरहेको तीव्र लगानी विश्व अर्थतन्त्रका प्रमुख सम्भावित जोखिम रहेको उल्लेख गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)