चार अन्तरिक्ष पर्यटक उत्तर र दक्षिण ध्रुवको कक्षमा परिक्रमा गरेर पृथ्वीमा फर्किए
baahrakhari.com · Sun Apr 06 17:47:20 GMT 2025

काठमाडौं । आफ्नो निजी खर्चमा उत्तर र दक्षिण ध्रुवको कक्षमा परिक्रमा गरेर चार अन्तरिक्ष पर्यटक शुक्रबार पृथ्वीमा फर्किएका छन् । बिटक्विन लगानीकर्ता चुन वाङले आफू र अन्य तीनजनाको लागि स्पेसएक्सको ड्रागन क्याप्सूल चार्टर गरेर उक्त टुर आयोजना गरेका थिए ।
उक्त स्पेसएक्सको ड्रागन क्याप्सूलमा ध्रुवीय बरफ र समुद्रको किनारका दृश्यहरू ३६० डिग्रीमा देखाउने गुम्बज आकारको झ्याल लगाइएको थियो । वाङले साढे ३ दिने यात्राको लागत कति थियो भन्नेबारे बताउन चाहेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)