भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
swasthyakhabar.com · Mon Sep 21 09:19:00 GMT 2026

काठमाडौं- आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री-वितरण र अतिरञ्जित तथा भ्रामक प्रचार-प्रसार तत्काल रोक्न कडा निर्देशन दिएको छ। परिषद्ले असोज ५ गते सूचना जारी गर्दै यस्ता गैरकानुनी गतिविधि १५ दिनभित्र बन्द गर्न/गराउन सम्बन्धित सबैलाई आग्रह गरेको हो।
दर्ता नभएका औषधिहरू बिक्री-वितरण गर्ने, ठूला-ठूला अक्षरमा क्यान्सर, पाइल्स जस्ता जटिल रोगहरूको नाम लेखेर सर्वसाधारणलाई भ्रमित पार्ने तथा 'चट्टै निको हुन्छ, निको नभए पैसा फिर्ता हुन्छ' जस्ता भ्रामक विज्ञापन र प्रचार-प्रसार गर्ने कार्यहरू कानुन विपरीत भएको परिषद्ले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)