नागरिकलाई अन्योलमा राख्ने छुट सरकारसँग हुनुहुँदैन : क्रान्तिशिखा धिताल
baahrakhari.com · Mon Sep 21 09:17:47 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद क्रान्तिशिखा धितालले नागरिकलाई सरकारले अन्योलमा राखेको बताएकी छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनले भोटेकोसी बाढीको एक महिना बितिसक्दा पनि सरकारले नागरिकलाई अन्योलमा राखेको बताइन् ।
उनले भनिन्, “भोटेकोसी बाढीमा बेपत्ता भएका हजारौँ मानिसको परिवारले आशाको दियालो मार्ने बेला भइसकेको छ । कतिले कुशको आकृति बनाएर अन्तिम संस्कार गरेका छन् । तर, आश्रिम परिवारको पुनर्उत्थानमा भने अनेक बाधा परेको देखिन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)