अढाई वर्षदेखि करोडौंका डायलासिस मेसिन प्रयोगविहीन
onlinekhabar.com · Mon Sep 21 09:02:47 GMT 2026

५ असोज, सर्लाही । सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा जडान गरिएका करोडौं रुपैयाँ मूल्य बराबरका डायलासिस मेसिन अढाई वर्षदेखि प्रयोगविहीन अवस्थामा छन् । आवश्यक जनशक्ति र प्राविधिक व्यवस्थापन हुन नसक्दा अस्पतालले हालसम्म हेमोडायलासिस सेवा सञ्चालन गर्न सकेको छैन ।
तत्कालीन मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहले २०८० फागुन १२ गते अस्पतालमा हेमोडायलासिस सेवाको उद्घाटन गरेका थिए । उद्घाटन भएको अढाई वर्ष बितिसक्दा पनि सेवा सञ्चालनमा नआउँदा मिर्गौला रोगीहरू उपचारका लागि जनकपुर, बर्दिबास, वीरगञ्ज तथा काठमाडौं धाउन बाध्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)