हिमालमा जलवायु परिवर्तन र भोटेकोशी– त्रिशूली विपद् अध्ययन गर्न संसदीय विशेष समिति गठन
ratopati.com · Mon Sep 21 09:29:37 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा जलवायु परिवर्तनले हिमालमा पारेको असर र हालै भोटेकोशी तथा त्रिशूली नदीमा आएको विपद्का सम्बन्धमा अध्ययन गर्न संसदीय विशेष समिति गठन गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले १५ सदस्यीय समिति गठनको घोषणा गरेका हुन् ।
गठित समितिको नाम ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ राखिएको छ। विषयगत अनुभव र समावेशितालाई ध्यानमा राख्दै गठन गरिएको यो समितिले हिमालमा बढ्दो जलवायु परिवर्तनको प्रभाव र हालैको विनाशकारी बाढी–पहिरोको अवस्थाबारे गम्भीर अध्ययन गरी प्रतिवेदन तयार पार्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)