प्रसुति हिंसा न्यूनीकरणकालागि कानुन निर्माणमा जोड
rajdhanidaily.com · Mon Sep 21 09:30:32 GMT 2026

काठमाडौं । प्रसूतिका बेला हुने हिंसालाई कसुरका रुपमा वर्गीकरण गर्न ढिला गर्न नहुने प्रतिनिधि सभाका सांसदहरुले बताएका छन् । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले सोमबार प्रतिनिधिसभाका सांसदहरुसँग सम्मानजनक प्रसूति सेवा तथा प्रसूति हिंसा सम्बोधनसम्बन्धी कानुनको आवश्यकता विषयक छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।
सम्मानजनक प्रसूति के हो ? यसका आयाम के हुन् र प्रसूति हिंसालाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा एफडब्लुएलडीका अधिवक्ता दिपेश श्रेष्ठले प्रस्तुति दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)