अर्जेन्टिनासँगै अस्ट्रिया र अल्जेरिया विश्वकप २०२६को दोस्रो चरणमा
kendrabindu.com · Sun Jun 28 04:16:13 GMT 2026
काठमाडौं । विश्वकप २०२६ को समूह जे को खेलमा आइतबार अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले हराएको छ भने अस्ट्रिया र अल्जेरियाले सनसनीपूर्ण ३–३ को बराबरी खेलेका छन् । बराबरीको नतिजाले अस्ट्रिया र अल्जेरिया दुवै प्रतियोगिताको दोस्रो चरण पुग्न सफल रह्यो ।
अस्ट्रियाले दुई पल्ट अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन् । सुरुमा उसका लागि मार्को आरनउटोभिचले २८ र मार्सेल सबिट्जरले ५५ औं मिनेटमा एक एक गोल गरे । अल्जेरियाका तर्फबाट भने ४५ औं मिनेटमा रफिक बेलघाडी र ६० औं मिनेटमा रियाद मेहराजले गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)