त्रिपुरेश्वरमा जलेको बसका चालकको अवस्था गम्भीर
kendrabindu.com · Mon Sep 21 09:11:43 GMT 2026

काठमाडौं । त्रिपुरेश्वरमा आगलागी भएको बसका चालक २५ वर्षीय दावा लामाको अवस्था चिन्ताजनक रहेको छ। आगलागीमा गम्भीर घाइते भएका लामाको शरीरमा ९० प्रतिशतभन्दा बढी जलन भएको चिकित्सकले बताएका छन्।
लामालाई उपचारका लागि कीर्तिपुरस्थित जलन अस्पताल पुर्याइएको छ। अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार उनको शरीरका अधिकांश भागमा गम्भीर जलन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)