भालेकानोसँग बार्सिलोनाको अप्रत्याशित हार
ekantipur.com · Thu Apr 27 00:42:34 GMT 2023
काठमाडौँ — रायो भालेकानोले स्पेनी ला लिगामा बुधबार शीर्ष स्थानमा रहेको बार्सिलोनालाई २–१ को आश्चर्यजनक हार दिलाएको छ । भालेकानोका लागि एल्भारो गार्सिया र फ्रान गार्सियाले गोल गरे ।
खेलको अन्त्यतिर रोबर्ट लेवनडोस्कीले बार्सिलोनाका लागि एक गोल फर्काए । हारका बाबजुद बार्सिलोना शीर्ष स्थानमा ११ अंकले अगाडि छ । लिगमा चार चरणका खेल बाँकी छँदा बार्सिलोना दोस्रो स्थानमा रहेको रियलम्याड्रिड भन्दा ठूलो अन्तरले अगाडि रहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)