बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो
ratopati.com · Mon Sep 21 09:42:01 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सोमबार सर्वसम्मत रूपमा स्वीकृत भएको छ।
बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सदनले मन्त्री वादीको प्रस्तावलाई स्वीकृत गर्दै विधेयकलाई थप छलफलका लागि संसदीय समितिमा पठाउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)