बाढी प्रभावित क्षेत्रमा एनटीसीको राहत : निःशुल्क इन्टरनेट, राउटर र सिमकार्ड
nepalpress.com · Mon Sep 21 09:48:25 GMT 2026

काठमाडौं । नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिक तथा उद्धार कार्यमा संलग्न निकायहरूलाई लक्षित गर्दै विभिन्न राहत तथा सञ्चार सुविधा उपलब्ध गराउने घोषणा गरेको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट तथा तनहुँ जिल्लाका नागरिकलाई यस्तो सुविधा दिइने टेलिकमले जनाएको छ। साथै, पृथ्वी राजमार्गअन्तर्गत गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी तथा मुग्लिन–नारायणगढ सडक खण्ड आसपास बसोबास गर्ने र बाढीबाट प्रत्यक्ष प्रभावित नागरिकहरू यसबाट लाभान्वित हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)