मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संक्रामक पशु रोग नियन्त्रण विधेयक : राष्ट्रियसभाबाट संशोधनसहित सर्वसम्मतिबाट पारित

baahrakhari.com · Mon Sep 21 09:47:54 GMT 2026

काठमाडौं । संक्रामक पशु रोग नियन्त्रण विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । विधायन व्यवस्थापन समितिले गरेको संशोधनसहित विधेयक सर्वसम्मतिबाट पारित भएको हो ।

विधेयकमा दफा २ देखि ४५ सम्म संशोधन गरिएको थियो । पशु र मानवबीच अन्योन्याश्रित सम्बन्ध हुने र पशु रोगको महामारीको असर मानवमा पनि पर्ने विधेयकमा उल्लेख छ । मानवलाई लाग्ने संक्रामक रोगलाई झै प्रतिकार्य गर्नुपर्ने विधेयकको व्यवस्था छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)