विद्यालयमा बुर्का र विदेशी विद्यार्थीको संख्या सीमित गर्ने कानुन ल्याउँदै मेलोनी
setopati.com · Mon Sep 21 09:53:27 GMT 2026

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले विद्यालयमा बुर्का र नकाबजस्ता अनुहार छोप्ने पहिरनमाथि प्रतिबन्ध लगाउने र कक्षाकोठामा विदेशी विद्यार्थीको संख्या सीमित गर्ने कानुन ल्याउने तयारी गरेकी छिन्।
मेलोनीले आइतबार आफ्नो दक्षिणपन्थी दल ‘ब्रदर्स अफ इटाली’को युवा संगठनले आयोजना गरेको फेनिक्स कार्यक्रममा सरकार दुईवटा विधेयक तयार गरिरहेको बताएकी भनेर अमेरिकी अनलाइन पोलिटिकोले जनाएको छ। प्रस्तावित व्यवस्था अन्तर्गत विद्यालयमा अनुहार छोप्ने पहिरन प्रतिबन्धित गरिनेछ भने एउटा कक्षामा विदेशी विद्यार्थीको संख्यामा सीमा तोकिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)