मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

gorkhapatraonline.com · Mon Sep 21 09:59:36 GMT 2026

चीनले आफ्नो अन्तरिक्ष केन्द्र ‘थियानगोङ’ मा हालसम्म १४ प्रजातिका २० भन्दा बढी प्रकारका वनस्पति उत्पादन गरेको छ । यस उपलब्धिले भविष्यमा अन्तरिक्ष केन्द्रमै ठूलो मात्रामा बाली उत्पादन गर्ने आधार तयार भएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

चीनको अन्तरिक्षयात्री केन्द्रका अनुसार, अन्तरिक्ष केन्द्रमा सलादका पात, गाजर, सूर्यमुखी, आलु र गहुँलगायत विभिन्न बाली उत्पादन भइरहेका छन् । हालै उत्तरी चीनको थियानजिनमा आयोजित अन्तरिक्ष चिकित्सा तथा इन्जिनियरिङसम्बन्धी सम्मेलनमा शेनझोउ–२१ का अन्तरिक्षयात्री झाङ होङझाङले अन्तरिक्ष केन्द्रमा हुर्किरहेका वनस्पतिका तस्बिर तथा भिडियो सार्वजनिक गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)