क्रियाशील सदस्यताबारे पौडेल पक्ष गम्भीर
rajdhanidaily.com · Thu Jul 01 00:02:51 GMT 2021
काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन विषयमा सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यता विवाद विषयलाई रामचन्द्र पौडेल पक्षले गम्भीर रूपमा लिएको पाइएको छ ।
पौडेल पक्षका नेताले क्रियाशील सदस्यता विषयमा बुधबार महाराजगन्जस्तित कांग्रेस महामन्त्री शशांक कोइराला निवासमा आफूनिकट छानबिन समिति सदस्यको ‘ब्रिफिङ’ सुनेका छन् । बैठकमा क्रियाशील छानबिन समिति सदस्य प्रदीप पौडेल, जीवन परियार र कल्याण गुरुङले नेताहरूलाई ‘ब्रिफिङ’ गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)