त्रिपुरेश्वरमा बसमा भएको आगलागीले राहदानी सेवा प्रभावित
baahrakhari.com · Mon Sep 21 10:00:30 GMT 2026

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार (असोज ५) मध्याह्न एउटा बसमा आगलागी हुँदा नजिकैको राहदानी विभागले दिँदै आएको सेवा प्रभावित भएको छ । राहदानी विभागमा प्रवाह हुने विद्युत् र इन्टरनेट सेवामा आगलागीका कारण अवरोध सिर्जना भएको र छपाइ प्रक्रियामा समेत प्रत्यक्ष असर परेको जनाइएको छ ।
“राहदानीको वितरणमा कठिनाइ भएको वर्तमान अवस्थालाई ध्यान दिई राहदानी आवेदन दिइसक्नुभएका सेवाग्राही सबैले धैर्य गरी सेवा लिइदिनुहुन विभाग सादर अनुरोध गर्दछ,” विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)