भोटेकोशी विपद् सम्बन्धमा संसदीय विशेष समिति गठन
annapurnapost.com · Mon Sep 21 09:59:33 GMT 2026

काठमाडौं : भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली २०८३ को नियम १८० बमोजिम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी १५ सदस्यीय संसदीय विशेष समिति गठनको प्रस्ताव गरेका थिए।
बैठकले उक्त प्रस्तावलाई सहमति जनाएको थियो। हिमालमा जलवायु परिवर्तनको असर तथा भोटेकोशी-त्रिशुली विपद्को अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्युनीकरण, कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्न समिति गठन गरिएको सभामुख अर्यालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)