एसियाड महिला भलिबल : नेपाल हङकङसँग पराजित, अब ११औँ स्थानका लागि खेल्ने
ratopati.com · Mon Sep 21 10:06:57 GMT 2026
काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाली टोली हङकङसँग पराजित भएको छ । क्लासिफिकेसनअन्तर्गत नवौँ स्थानका लागि सोमबार भएको खेलमा नेपाल हङकङसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
जापानको ओकाजाकी सोगो पार्कमा भएको खेलमा नेपालले हङकङलाई कडा चुनौती दिए पनि जित निकाल्न सकेन । हङकङले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पनि नेपालमाथि २५–१९ को जित निकाल्दै हङकङले खेलमा आफ्नो पकड बलियो बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)