विद्यालय भवन निर्माणमा अनियमितता, इन्जिनियरसहित तीनजनाविरुद्ध मुद्दा
annapurnapost.com · Mon Sep 21 10:04:05 GMT 2026

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सघन शहरी तथा भवन निर्माण योजना शाखा धनकुटाका तत्कालीन इन्जिनियर सुनम राईसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले इन्जिनियर राईसहित लेखा अधिकृत इन्द्रबहादुर कार्की र सव इन्जिनियर रविन श्रेष्ठविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।उनीहरूविरुद्ध १ लाख ३५ हजार विगो कायम गरी कैद र सजायको माग गरिएको आरोप पत्रमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)