मेरीना इम्पेक्सले नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई २० जोर सुट दिने
nepalpress.com · Sat Jan 06 01:03:41 GMT 2024
काठमाडौं । बागबजारमा रहेको मेरीना इम्पेक्सले नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडी र अफिसियलहरुलाई २० जोर सुट दिने भएको छ । मेरीना इम्पेक्स र नेपाल क्रिकेट सघंबीच शुक्रबार उक्त सम्झौता भएको हो ।
सम्झौतासँगै दक्षिण अफ्रिकामा आयोजना हुने यू १९ विश्वकप क्रिकेटका जाने नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमलाई मेरीना इम्पेक्सका तर्फबाट पवन खड्का, अर्जुन बस्नेत र राम प्रसाद अर्यालले सम्मानसहित बिदाइ गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)