मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पेनसिलभेनियामा फलाम कारखानामा विस्फोट, एक जनाको मृत्यु

ratopati.com · Mon Aug 11 19:26:00 GMT 2025

काठमाडौँ । पेन्सिलभेनियाको क्लेर्टनस्थित यूएस स्टील क्लेर्टन कोक वर्क्स कारखानामा सोमबार ठुलो विस्फोट भएको छ। यस घटनामा कम्तीमा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ कर्मचारी घाइते भएका छन्।

स्थानीय प्रहरीले जनाए अनुसार विस्फोटपछि दुई कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। उद्धार टोली घटनास्थलमा खोज र उद्धार कार्यमा जुटेको छ। घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ र घाइतेको सङ्ख्या दर्जनौँ पुग्न सक्ने अनुमान गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)