लक्ष्यभन्दा ३३ प्रतिशत कम आन्तरिक राजस्व असुली
deshsanchar.com · Wed Jul 31 17:15:50 UTC 2024

सिमकोट – लक्ष्यभन्दा ३३ प्रतिशत कमले आन्तरिक राजस्व असुली भएको छ। मालपोतबाट आउने दस्तुरमा कमी र अन्य राजस्व शीर्षकबाट पनि असुलीमा कमी आउँदा लक्ष्यअनुसार राजस्व कम असुल भएको हो।
वार्षिक लक्ष्यभन्दा ३३ दशमलव ०६ प्रतिशत राजस्व असुलीमा कमी आएको सिमकोट गाउँपालिकाले जनाएको छ। यद्यपि, लक्ष्यको ६६ दशमलव ९४ प्रतिशत राजस्व असुली गर्न भने गाउँपालिका सफल भएको हो। सिमकोट गाउँपालिकाले आर्थिक वर्ष ०८०।०८१ मा वार्षिक आन्तरिक राजस्व असुली लक्ष्य ८२ लाख राखेकोमा ५४ लाख ८९ हजार ८९६ रुपैयाँ मात्र असुली गर्न सफल भएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)